क्वारेन्टाइनको व्यवस्थापनमा लागेका वडाध्यक्षको मृत्यु, स्वाब परीक्षण गरिने « Khabarhub

क्वारेन्टाइनको व्यवस्थापनमा लागेका वडाध्यक्षको मृत्यु, स्वाब परीक्षण गरिने


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – क्वारेन्टाइन व्यवस्थापनमा लागेका कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ का वडाअध्यक्षको गएराति मृत्यु भएको छ ।

स्थानीय राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्ष कल्लु रानाको मंगलबार राति अचानक बेहोस भएका थिए ।

बेहोस भएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएलगत्तै चिकित्सकहरूले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले जानकारी दिए ।

उनमा कोरोना संक्रमण भएको हो कि हैन भनेर पुष्टि गर्न स्वाब परीक्षणको तयारी भएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ८ : ३२ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज