कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि  « Khabarhub

कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि 


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार राति थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

कर्णाली प्रदेशमा थप १५ जनासहित कोरोना संक्रमितहरुको संख्या ३८ पुगेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षण अनुसार थप १५ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।

जसअनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपािलकाका १० जना,  सुर्खेतकै चौकुने गाउँपालिकाका ३ जना, बझाङका १ जना र बोल्न नसक्ने तथा उमेर नखुलेकी  एक महिला गरी १५ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशले १५ जना थपिएको विषयमा स्वास्थ मन्त्रालयलाई जानकारी गराएको भए पनि मन्त्रालयले अद्यावधिक विवरण सार्वजनिक गरेको छैन ।

स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८८२ पुगेको छ ।

यस्तो छ विज्ञप्ति 

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ६ : १९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन