जुजाना क्यापुटोभा स्लोभाकियाकी पहिलो महिला राष्ट्रपतिमा निर्वाचित « Khabarhub

जुजाना क्यापुटोभा स्लोभाकियाकी पहिलो महिला राष्ट्रपतिमा निर्वाचित


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्लोभाकिया– वर्तमान सरकार र संस्थापनको चर्को आलोचना गर्दै आएकी जुजाना क्यापुटोभा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भएकी छिन् ।

शनिबार भएको राष्ट्रपतीय निर्वाचनको दोश्रो चरणमा ५८.४ प्रतिशत मत ल्याएपछि उनी स्लोभाकियाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनका प्रतिस्पर्धी मारोस सेफ्कोभिचले ४१.६ मत ल्याएका छन् । यद्यपि निर्वाचनको औपचारिक मतपरिणाम भने आइतबार मात्रै घोषणा गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

यससँगै उनी पूर्वी युरोपेली मुलुक स्लोभाकियाकी पहिलो महिला राष्ट्रपति बन्नेछिन् । उनका प्रतिस्पर्धी सेफ्कोभिचले आफ्नो पराजय स्वीकार गरिसकेको बताइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ३ : ३२ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको