नवलपरासी र स्याङ्जामा थप ४ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमित १६ पुगे « Khabarhub

नवलपरासी र स्याङ्जामा थप ४ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमित १६ पुगे


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विहीबार बिहान स्याङ्जा र नवलपरासीमा गरी थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ति अनुसार विहीबार बिहान थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी बर्दघाट सुस्ता (पूर्व) का एक जना र गण्डकी प्रदेश, स्याङ्जा जिल्ला वालिङस्थित क्वारेन्टाइनमा रहेका वर्ष २६ र २२ का २ जना पुरुष तथा वर्ष ३९ की १ जना महिला गरी चार जनामा कोरोना पुष्टि भएको छ ।

स्याङ्जामा आज बिहान कोरोना पुष्टि भएका तीन जनालाई सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, नवलपरासीका संक्रमितलाई भरतपुरस्थित कोरोना अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ९ : ४३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल