नवलपरासी र स्याङ्जामा थप ४ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमित १६ पुगे « Khabarhub

नवलपरासी र स्याङ्जामा थप ४ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमित १६ पुगे


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विहीबार बिहान स्याङ्जा र नवलपरासीमा गरी थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ति अनुसार विहीबार बिहान थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी बर्दघाट सुस्ता (पूर्व) का एक जना र गण्डकी प्रदेश, स्याङ्जा जिल्ला वालिङस्थित क्वारेन्टाइनमा रहेका वर्ष २६ र २२ का २ जना पुरुष तथा वर्ष ३९ की १ जना महिला गरी चार जनामा कोरोना पुष्टि भएको छ ।

स्याङ्जामा आज बिहान कोरोना पुष्टि भएका तीन जनालाई सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, नवलपरासीका संक्रमितलाई भरतपुरस्थित कोरोना अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ९ : ४३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब