गणतन्त्र सबै नेपालीको बाच्ने र खुसी हुने आधार बनाउन सकियोस- नेता सिंह « Khabarhub

गणतन्त्र सबै नेपालीको बाच्ने र खुसी हुने आधार बनाउन सकियोस- नेता सिंह


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणतन्त्रलाई सबै नेपालीको बाँच्ने र खुसी हुने आधार बनाउन पर्ने बताएका ५न् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै नेता सिंहले नेपाली कांग्रेसको नेतृत्वमा ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त गणतन्त्र स्थापना भएको १३ वर्ष पुगेको अवसरमा सबैमा शुभकामना दिएका छन् ।

सिंहले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो अवधिमा कांग्रेसकै नेतृत्वमा देशले संविधान पाएको छ । समावेशी , समानुपातिक प्रणाली स्थापित भएको छ । महिला, आदिवासी जनजाती, मधेसी, दलित र पिछडिएका सबैले महत्वपूर्ण भूमिका पाएका छन् । स्थानीय सरकारदेखि प्रदेश सरकार र संसदमा समेत समावेशी, समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनु गणतन्त्रकै उपलब्धी हो ।’

उनले भनेका छन्, ‘अझै आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका सवालमा धेरै काम गर्न बाँकी नै छ । अझै अभ्यासबाट सिक्दै राष्ट्रिय एकता थप बलियो बनाउने र जनताको जीवनस्तर माथि उठाउनुपर्ने दायित्व हाम्रो काँधमा छ । देशको समृद्धि र राष्ट्रियताको सवालमा देश गणतन्त्र ल्याउने बेलामाजस्तै एकढिक्का हुन आवश्यक छ । ‘

कोरोनाको कहरबाट उठ्न राज्य जिम्मेवार हुनुपर्ने बताउँदै नेता सिंहले विज्ञप्तिमा लेखेका छन्, ‘अहिले विश्वनै कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण समस्यामा छ । नेपाल पनि कोरोनाको कहर झेलिरहेको छ । कोरोनाका कारण समस्यामा रहेका देशभित्र र बाहिर रहेका नेपाली जनताको हितमा सम्पुर्ण ध्यान केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले यतिबेलाको प्राथमिकता कोरनाको मारमा रहेका नागरिकको दैनिकी लाई सहज बनाउने कार्यमा केन्द्रित रहन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  १० : ४७ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा