दुर्घटनापछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध « Khabarhub

दुर्घटनापछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा ट्रक र टेलर दुर्घटना भएपछि सडक नै अवरूद्ध भएको छ ।

आज बिहान करिब ७ बजे नारायणगढबाट धादिङका लागि छुटेको ना ५ ख ९१२२ नम्बरको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना ८ ख १५५२ नम्बरको टेलर एकापसमा  ठोक्किँएर दुर्घटना भएको थियो ।

दुर्घटना घाइते भएका एक चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

दुर्घटनापछि ट्रकको अगाडिको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकाले निकाल्नका लागि चितवनबाट क्रेन मगाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : ०३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल