नेपाली सेनाले चीनबाट ल्यायो १४ टन स्वास्थ्य सामग्री « Khabarhub

नेपाली सेनाले चीनबाट ल्यायो १४ टन स्वास्थ्य सामग्री


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले नेपाल एयरलाइन्सको जहाजमार्फत चीनबाट १४ टन स्वास्थ्य सामाग्री ल्याएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेनाले दोस्रो पटक हवाई मार्गबाट १४ टन स्वास्थ्य सामाग्री ल्याएको हो । यसअघि ६ जेठमा सेनाले १८.९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याएको थियो ।

प्रवक्ता पाण्डेका अनुसार, २८ हजार पीसीआर किट, पीपीईलगायतका स्वास्थ्य सामग्री ल्याइएको छ । सेनाको स्वास्थ्य सामग्री लिन जहाज बुधबार नै चीनको ग्वान्झाओ गएको थियो ।

नेपाली सेनाले बुधबारको पत्रकार सम्मेलनमा २८ टन स्वास्थ्य सामग्री दोस्रो लटमा ल्याउने बताए पनि १४ टन मात्रै सामग्री आएको छ । ३० वटा पोर्टेबल एक्सरे मेसिन रहेकाले अहिले हवाईमार्गबाट भने जति सामान ल्याउन नसकिएको सैनिक प्रवक्ता पाण्डेले बताए ।

उनका अनुसार, बाँकी सामग्री अब स्थलमार्गबाट तातोपानी भन्सार नाका हुँदै नेपाल ल्याईने छ । यस अघि सेनाको कन्टेनरले स्थलमार्गबाट पहिले ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : २७ बजे

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७

एक हजार ३३ केजी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ– मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित