सलहको प्रकोपले भारतमा हजारौँ हेक्टरको बाली नष्ट, नेपालमा रोकथामको तयारी | Khabarhub Khabarhub

सलहको प्रकोपले भारतमा हजारौँ हेक्टरको बाली नष्ट, नेपालमा रोकथामको तयारी


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले संसार आक्रान्त भइरहेका बेला यतिबेलै अर्को एउटा किराले एकै दिन हजारौं मानिसलाई पुग्ने बाली नष्ट गरेपछि भारतमा समस्या सृजना भएको छ ।

२ ग्राम मात्र तौल रहेको सलह किरा दिनको १५० किलो मिटरसम्म उड्दै लाखौंको बथान बनाएर एकै दिन ३५ हजार मानिसलाई पुग्नेसम्मको अन्नवाली नष्ट गरेपछि अर्को संत्रास फैलिएको हो ।

वैज्ञानिक नाम स्चिस्टोसिरका ग्रेगारिया रहेको फट्यांग्रा जातको सलहको एक बथान अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको छ।

अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ। भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरेर हजारौँ हेक्टरमा लगाएको अन्नवाली सखाप पारेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सलहले राजस्थान, गुजरात र मध्य प्रदेशमा मात्रै ५० हेक्टरभन्दा बढीको बाली नष्ट गरिसकेपछि त्यसले नेपालमा पनि आएर अन्नबालीमा पार्ने प्रभावबारे सरकारले अध्ययनसँगै नियन्त्रणका लागि तयारी थालेको छ ।

नेपालका पश्चिमी दिशाबाट सलह भित्रिन सक्ने भएपछि  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले एउटा अध्ययन टोली समेत गठन गरेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले नेपालमा सलह कीरा आउन सक्ने सम्भावना उच्च भएपछि त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए।

प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको उनले जानकारी दिए ।

यसले बढी सुदूरपश्चिमका जिल्लासँगै कर्णाली, प्रदेश ५ र पूर्वी जिल्लालाई प्रभाव पार्न सक्ने ठानिएको छ । वैज्ञानिकका अनुसार एउटा सलह दिनभरी १५० किलो मिटरसम्म उड्न सक्छ र २० मिनेटमा नै पूरा बाली नष्ट गर्न सक्छ ।

भारतमा २२ वर्षपछि सबैभन्दा ठूलो सलह हमला मानिएको छ । यसअघि भारतमा सलहले सन् १९९३ मा ७.१८ लाख भारतीय रुपैयाँ बराबरको कृषि बाली नष्ट गरेको  थियो ।

युनाइटेड नेशनअन्तर्गत पर्ने फूड एण्ड एग्रिकल्चर अर्गनाइजेशन (एफएओ) का अनुसार बलौटे क्षेत्रमा पाइने सलहले एकै दिनमा ३५ हजार व्यक्तिलाई पुग्ने वाली नष्ट गरिदिन्छ ।

के हो सलह ?

सलह फट्याङ्ग्रा वर्गको कीरा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको छ।

सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो । यसले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पुर्‍याउँछ।

सन् १८७५ मा अमेरिकामा ५ लाख १२ हजार ८१७ स्क्वायर किलोमिटरको सलहको बथान थियो । एफओका अनुसार एउटा सलहले एक पटकमा १५० वटा अण्डा पार्छ ।

यसको पहिलो पुस्ता १६ गुणा, दोस्रो पुस्ता ४०० गुणा र तेस्रो पुस्ता १६ हजार गुणासम्म बढ्ने गर्छ । साधारणतया सलह वर्षभरी २०० मिलिलिटरभन्दा कम वर्षा हुने क्षेत्रमा पाइने अध्ययनहरूले देखाएका छन् ।

यस आधारमा यो पश्चिमी अफ्रिका, इरान र एसियाली देशमा पाइन्छ । विश्व बैंकले यो वर्षको अन्तिमसम्म सलहको हमलाबाट केन्यामा ८.५ अर्ब डलरको वालीनालीको क्षती हुने आकलन गरेको छ ।

वैज्ञानिकहरुले सलहबाट वालीनाली बचाउनका लागि किटनाशक औषधिको प्रयोग नै उपयुक्त विकल्प भएको बताएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  १ : २६ बजे

भृकुटीमण्डपमा एकता सभा, प्रचण्ड, माधवदेखि झलनाथसम्म (तस्बिरहरू)

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ दलबीचको एकता राष्ट्रिय

विशेष महाधिवेशनको विपक्षमा नेता शाही, भने- त्यो महाभारततिर छिर्दै नछिरौँ

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टीको विशेष महाधिवेशन

वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

चितवन– कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी

बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने

काठमाडौं– काभ्रेको बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने

टिचिङ हस्पिटलमा ल्याइयो यलुङरीको हिमपहिरो ज्यान गुमाएका पर्यटकको शव 

काठमाडौं– दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका