आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या एक हजार ४२ पुग्यो « Khabarhub

आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या एक हजार ४२ पुग्यो


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको जानकारी दिएको हो ।

आजमात्र थपमात्र १५६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ ।

संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार सुर्खेतका १३ जना रहेका छन् । उनीहरु २ वर्ष र ५ वर्षका बालिका देखि ११ देखि ३७ वर्षका पुरुष र २२ देखि ३९ वर्षका ४ जना महिला रहेका छन् । यस्तै एकजना बोल्न नसक्ने महिला पनि संक्रमित छन् ।

यस्तै दैलेखका ८ जना रहेका छन् । उनीहरु मध्ये एकजना २० वर्षीया महिला र १७ देखि ४० वर्ष उमेर समूहका ७ जना पुरुष छन् ।

यस्तै प्रादेशिक अस्पतालको प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ आएको छ । उनीहरु स्याङ्जाका हुन् ।

यस्तै सेती प्रादेशिक अस्पतालमा थप ३ जनामा पोजेटि देखिएको छ । उनीहरु दार्चुलाका एकजना, र कैलालीका २ जना छन् ।

यस्तै किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुर हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको छ । उनी ५० वर्षीया पुरुष हुन् ।

यस्तै भेरी अस्तालको प्रयोगशालममा ४ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु बर्दियाका ३ जना र बाँकेका एकजना रहेका छन् ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालमा १७ जनामा पोजेटिभ आएको छ । उनीहरु सबै रौतहटका छन् । उनीहरु ८ वर्षका बालक देखि ४० वर्षसम्ममा पुरुष छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार नेपालमा संक्रमितको जम्मा संख्या एक हजार ४२ पुगेको छ । जसमध्ये पुरुष ९४० र महिला १०२ जना छन् । ती मध्ये १८७ जना निको भएका छन् । ५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालका ५१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  २ : ३० बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को