कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी बोध गरेको छु – अर्थमन्त्री खतिवडा « Khabarhub

कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी बोध गरेको छु – अर्थमन्त्री खतिवडा


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने र अर्थतन्त्रलाई चलायमान गर्ने गम्भीर जिम्मेवारी बोध गरेको बताएका छन् ।

आफूले बर्तमान सरकारको तेस्रो बजेट प्रस्तुत गरिरहेको स्मरण गर्दै खतिवडाले भने, ‘कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने र अर्थतन्त्रलाई गतिशिल बनाउने गम्भीर जिम्मेवारी बोध गरेको छु ।’

संघीय संसदमा शहीदहरुलाई स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेट भाषण सुरू गरेका खतिवडाले भने, ‘यस घडीमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न समयका आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति तथा निरंकुशताकाविरुद्ध जीवनपर्यन्त संघर्ष गर्नुहुने दिवगंत नेताहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

त्यसक्रममा उनले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको रक्षा गर्दै लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा कठिन परिस्थितिमा त्याग र नेतृत्व गर्नुहुने अग्रज राजनीतिज्ञहरूप्रति उच्च सम्मान व्यक्त गरेको बताए ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना रोगका कारण विश्वले एकै पटक मानवीय र आर्थिक संकट सामना गर्नु परेको उल्लेख गर्दै खतिवडाले स्वास्थ्य संकटबाट उत्पादन, ब्यापार  तथा लगानीसम्मका श्रृंखला प्रभावित भएको बताए ।

विश्व अर्थतन्त्रकै अर्थतन्त्रमै संकुचन आएको उल्लेख गर्दै उनले भने,’ ‘विश्व अर्थतन्त्रमा आवद्धताका कारण नेपालका अर्थतन्त्रका प्रमुख क्षेत्रहरूसमेत गम्भीर प्रभावमा पर्न थालेका छन् । ‘

विगत २ वर्षको प्रगतिको जगमा उभिएर अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयासमा धक्का लागेको समेत उनले बताएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : ३० बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले