चीनको रासायनिक कारखानामा विष्फोट, ७ जनाको मृत्यु « Khabarhub

चीनको रासायनिक कारखानामा विष्फोट, ७ जनाको मृत्यु


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनको एक रासायनिक कारखानामा विष्फोट हुँदा ७ जनाको ज्यान गएको छ । पूर्वी चीनको जिङ्साउ प्रान्तमा रहेको रासायनिक कारखानामा विष्फोट हुँदा अरु ५ जना घाइते भएको चिनियाँ अधिकारीले जनाएका छन् ।

जिङ्साउ प्रान्तको कुन्शान शहरमा रहेको कुन्शान वाफर टेक्नोलोजी लिमिटेडको कारखानामा विष्फोट भएको हो । ताइवानमा मुख्यालय रहेको म्याग्नेसियम र एलुमुनियमका सामग्रीहरु निर्माण गर्ने वाफर कम्पनीको कारखानामा विष्फोट हुनुको कारणबारे अनुसन्धान भइरहेको चिनियाँ अधिकारीले जनाएका छन् ।

कारखानामा रहेको धातु जडान गर्ने स्थानबाहिर विष्फोटन भएको बताइएको छ । विष्फोटनको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । साङ्घाई शहरबाट ७० किलोमिटर पश्चिममा रहेको कुन्शान शहरमा एक हजारभन्दा धेरै ताइवानी कम्पनीहरु सञ्चालनमा छन् ।

यसअघि मार्च २१ मा चीनकै अर्को रासायनिक कारखानामा विष्फोट हुँदा ७८ जनाको ज्यान गएको थियो । चीनमा यस्ता औद्योगिक दुर्घटनामा परी हरेक वर्ष सयौँले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : ४४ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको