बाबुराम भन्छन्– स्वास्थ्य र कृषिमा बजेट पुगेन « Khabarhub

बाबुराम भन्छन्– स्वास्थ्य र कृषिमा बजेट पुगेन


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन हुने टिप्पणी गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा २२ अर्ब रुपैयाँमात्र बढी विनियोजन गरेर कोरोना महामारीको समस्या समाधान गर्न नसकिने पनि भट्टराईले बताए ।

अर्थमन्त्रीको बजेट भाषण सुनिसकेपछि पत्रकारहरुसँग डा. भट्टराईले भने ‘२२ अर्ब रुपैयाँबाट यति ठूलो संकटको उपचार गर्छु भन्ने असम्भव कुरा हो । फोकस पुगेन ।’ सरकारले आगामी आर्थिक वर्षमा ९० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

स्वदेशमा र विदेशमा रोजगारी गुमाएकालाई कृषि क्षेत्रमा रोजगारी दिने भनिए पनि जम्मा ७ अर्ब रुपैयाँ बजेट थप गरेर नपुग्ने उनले बताए । ७ अर्ब रुपैयाँ लगानी गरेर कसरी १० औं, १५ औं लाख रोजगारी दिन सकिन्छ ? उनले प्रश्न गरे ।

बजेट बिगतकै निरन्तरता भएको पनि उनले टिप्पणी गरे । राहत, सामाजिक सुरक्षा कनिका छरेजस्तै भएको उनको भनाइ छ । अहिलेको संकटमा रेल र पानीजहाजको कुरा गर्न आवश्यक नरहेको पनि भट्टराईले बताए । बजेट क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भयो, उनले भने ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ८ : ५६ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको