फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा १४ लडाकु मारिए « Khabarhub

फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा १४ लडाकु मारिए


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स– सुरक्षाकर्मीसँगको झडपका क्रममा फिलिपिन्समा १४ संदिग्ध कम्युनिष्ट लडाकु मारिएको त्यहाँको प्रहरीले जनाएको छ । मध्य फिलिपिन्सको नेग्रोस ओरियन्टल प्रान्तमा भएको झडपमा १४ कम्यनिष्ट लडाकु मारिएको त्यहाँको राष्ट्रिय प्रहरीले जनाएको हो ।

कम्युनिष्ट लडाकुहरु लुकेर बसेको सूचनाको आधारमा सेनासँगको सहकार्यमा शुरुमा केही घरमा प्रहरीले छापा मारेको र त्यसपछि लडाकुले सुरक्षाकर्मीमाथि गोली चलाएपछि झडप भएको जनाइएको छ ।

प्रहरीले घटनास्थलबाट बन्दुक, गोलीगठ्ठा र विष्फोटक पदार्थसहितका हतियार समेत बरामद गरिएको जनाएको छ ।

यद्यपि प्रान्तमा सक्रिय त्यहाँ सक्रिय नर्दन नेग्रोस अलायन्स अफ ह्युमन राइट्स नामक समूहले आक्रमणको निन्दा गर्दै प्रहरीको कारवाहीमा ज्यान गुमाउनेहरु कम्युनिष्ट लडाकु नभई सामान्य किसानहरु रहेको दाबी गरेको छ ।

सुरक्षाकर्मीले निश्चित सङ्ख्यामा कम्युनिष्ट लडाकु विरुद्ध कारवाही गरेको प्रतिवेदन बुझाउनु पर्ने भएकाले उनीहरुले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गर्ने र त्यसलाई कम्युनिष्ट लडाकुविरुद्धको कारवाहीको संज्ञा दिने गरिएको मानवअधिकारकर्मीहरुको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : ५६ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज