हिरासतमा राखिएका व्यक्तिको मृत्यु भएपछि अमेरिकाको मिनेसोटामा प्रदर्शन | Khabarhub Khabarhub

हिरासतमा राखिएका व्यक्तिको मृत्यु भएपछि अमेरिकाको मिनेसोटामा प्रदर्शन


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिरासतमा राखिएका एक व्यक्तिको मृत्यु भएपछि अमेरिकाको मिनेसोटा राज्यमा प्रदर्शन भएको छ ।

प्रदर्शनका क्रममा मिनियापोलसमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ ।

लगातारको प्रदर्शनले दोस्रो दिन पनि मिनेसोटा क्षेत्रको अवस्था तनावग्रस्त बनेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रदर्शनकारीले प्रहरीलाई ढुंगा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको छ ।

श्वेत प्रहरी अधिकारीले जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिलाई पक्राउ गर्ने क्रममा बाटोमै घाँटीमा घुँडाले च्यापेको सार्वजनिक भएपछि उक्त प्रकरणमा रंगभेदको मुद्दा मिसिएको छ ।

तस्वीर : एपी

फ्लोइडको गएको सोमबार निधन भएपछि शिकागो, इलोनाइस, लस एन्जलस, क्यालिफोर्निया र टेनिसीको मेम्फिससहितमा पनि प्रदर्शन भएका छन् ।

हिरासतमा लिइएका उनको निधनपछि सामाजिक सञ्जालमा भिडियो भाइरल भएको थियो । उक्त प्रकरणपछि मिनियापोलस प्रहरी अधिकारीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ९ : १३ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली