शुल्क तिर्न नसक्दा तामाङको सव कोरियाको अस्पतालमा « Khabarhub

शुल्क तिर्न नसक्दा तामाङको सव कोरियाको अस्पतालमा


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सउल- धादिङ झार्लाङ निवासी मैती तामाङको गत सोमबार ९जेठ १२ गते ० यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा एकतला माथिबाट लडेर उपचारका क्रममा उनको मृत्यु भएको हो ।

गत वैशाख १२ ‘आराबाइट’ काम गर्ने क्रममा लडेका उनको टाउकामा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्रावका भएको थियो । घटनापछि तत्काल स्थानीय अस्पतलमा लगिए पनि उक्त अस्पतालमा उपचार असम्भव भएपछि तत्कालै छनानको थानगुक शिक्षण अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको गत सोमबार बेलुका मृत्यु भएको हो ।

तामाङ पाँच वर्षअघि भिजिट भिसामा कोरिया आइ अवैधानिकरूपमा कोरिया बस्दै काम गर्दै आइरहेका थिए । अन्दाजी ४५ पर्षीय तमाङ अवैधानिक भएका कारण कुनै स्वस्थ्य बीमा नभएको र निजको उपचार खर्च लगभग रु एक करोड बिल आएको उनकी बहिनी कविता तामाङले जानकारी दिइन ।

यो हप्तासम्म बाँकी रहेको बिल तिरी तामाङको मृत शरीरलाई सदगद गर्न सम्बन्धित अस्पतालले आग्रह गरेको छ । तर उक्त रकम तिर्ने अवस्था नभएको भन्दै तामाङको बहिनी कविताले कोरियाको विभिन्न सङ्घसंस्था, व्यापारी, श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गरिदिन आग्रह गरेकी छिन् ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १२ : १७ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा