भारतीय मिडियाको समाचार प्रति नेपाली सेनाको ध्यानाकर्षण « Khabarhub

भारतीय मिडियाको समाचार प्रति नेपाली सेनाको ध्यानाकर्षण


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारप्रति नेपाली सेनाले खण्डन गरेको छ ।

भारतीय दुई सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र भएको नेपाली सेनाको दाबी छ ।

हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डटकमले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको टिप्पणीमाथि खण्डन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपनि प्रधानसेनापति पूर्णचन्द्र थापाले अस्वीकार गरेको भन्दै समाचार प्रकाशन भएपछि नेपाली सेनाले त्यसको खण्डन गरेको हो ।

नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै ती दाबीलाई प्रोपगाण्डा मात्र भएको जनाएको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।’

राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले यस प्रकारको अफवाह फैलाइएको जंगीअड्डाको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ ‘नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहोको पनि जानकारी गराउन चाहन्छौं ।’

सेनाले आगामी दिनमा पनि विभिन्न माध्यमबाट नेपाल, नेपाली नगारिक र नेपाली सेनासम्बन्धी अफवाह फैलाउने प्रयास हुनसक्ने पनि भनेको छ ।

नेपाली सेनाले जारी गरेको विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १ : २१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल