नयाँ सुपुर्दगी कानूनविरुद्ध हजारौँको प्रदर्शन | Khabarhub Khabarhub

नयाँ सुपुर्दगी कानूनविरुद्ध हजारौँको प्रदर्शन


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– नयाँ सुपुर्दगी कानूनको विरोध गर्दै हङ्कङमा हजारौँले प्रदर्शन गरेका छन् । हङ्कङले हालै प्रस्ताव गरेको नयाँ सुपुर्दगी कानूनले अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रको रुपमा रहेको हङ्कङको छवि बिग्रिने र त्यसले व्यक्तिगत स्वतन्त्रताको हनन् गर्ने भन्दै त्यसविरुद्ध प्रदर्शन भएको हो ।

प्रदर्शनमा १२ हजारभन्दा धेरैको सहभागिता रहेको आयोजकले जनाएका छन् । यद्यपि सुरक्षा अधिकारीले भने प्रदर्शनमा ५२ सय जनाजति सहभागी रहेको जनाएका छन् ।

गत फेब्रुअरीमा सार्वजनिक गरी शुक्रबार प्रस्ताव गरिएको नयाँ सुपुर्दगी कानून अनुसार हङ्कङका प्रमुखलाई त्यहाँको वर्तमान न्यायिक व्यवस्था विपरित अन्य स्थानमा अभियोग लागेर हङ्कङमा बसोबास गर्दै आएका मानिसलाई चीन र ताइवानसहित हङ्कङको न्यायिक अधिकार क्षेत्र बाहिर पनि सुपुर्दगी गर्न सक्ने कार्यकारी अधिकार दिइएको छ ।

आलोचकहरुले यो कानूनले व्यक्तिगत स्वतन्त्रताको हनन् हुने आरोप लगाउँदै आएका छन् । यता त्यहाँको सरकारले भने त्यस कानूनलाई आवश्यक संशोधन र परिमार्जन गर्न बाँकी नै रहेको भन्दै त्यसलाई आगामी बुधबार परिमार्जन र संशोधनका लागि प्रस्ताव गरिने जनाएको छ ।

यद्यपि हङ्कङका विपक्षी विधायक तथा मानवअधिकारकर्मीहरुले नयाँ कानूनलाई मुख्यभूमि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले आफ्ना विरोधीलाई दबाउनका लागि दुरुपयोग गर्नसक्ने र कानूनले हङ्कङको न्यायिक स्वतन्त्रता खतरामा पर्नसक्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

हङ्कङले त्यहाँ बसोबास गर्दै आएका चीनविरोधी नेतालाई पक्राउ गरी चीनलाई सुपुर्दगी गरेमा त्यहाँ उनीहरुलाई यातना दिइने, उनीहरुको मानवअधिकार हनन् हुनसक्ने चिन्ता व्यक्त हुँदै आएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : ५४ बजे

वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा तयार

काठमाडौं – वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको

गृहमन्त्रीले कांग्रेस बैठकमा सुनाए आफ्ना चार उपलब्धि र चार चुनौती

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफू सरकारमा आएदेखि नीतिगत सुधारको प्रयास

इरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए

काबुल– अफगानिस्तानको शरणार्थी समस्या समाधान उच्च आयोगले दिएको जानकारीअनुसार, एकै

केहीबेरमै जलमग्न काठमाडौंको चन्द्रमानसिंह मार्ग (तस्बिरहरू)  

काठमाडौं– काठमाडौं महानगरपालिका २५ नं वडाअन्तर्गत बाङ्गेमूढा थाहिथि चन्द्रमानसिंह मार्ग