नेपालमा थप १८९ जना कोरोना संक्रमित थपिए, कहाँ कति ? | Khabarhub Khabarhub

नेपालमा थप १८९ जना कोरोना संक्रमित थपिए, कहाँ कति ?


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।  हालसम्म १ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १ हजार ४०१ पुगेको जानकारी दिएका हुन् । डा देवकोटाका अनुसार नयाँ थपिएका संक्रमित मध्ये १ सय ८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

डा देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १ सय २४ जनाको पोजेटि भएको छ । उनीहरुमध्ये धनुषाका ७ जना २० देखि ४२ वर्ष उमेर समुहका पुरुष रहेका छन् । यस्तै झापाका एक जना ४५ वर्षीय पुरुष, कपिलवस्तुका ७७ जना १६ देखि ६० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । यस्तै ललितपुरकी एक जना २३ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार महोत्तरीको ४ जना २५ देखि ५५ वर्षीय पुरुषहरु, रौतहटका ६ जना १८ देखि ४५ वर्षीय पुरुषहरु, सर्लाहीका १७ जना १६ देखि ४० वर्ष उमेर समुहका पुरुषहरु र सिराहाका ११ जना १७ देखि ४० वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् ।

डा देवकोटाको अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २६ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु कपिलवस्तुको यशोधराका १६ देखि ५० वर्ष उमेर भित्रका पुरुषहरु रहेका छन् ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । उनीहरु सप्तरीका १८ देखि २८ वर्षका एक जना महिला र ८ जना पुरुष रहेका छन् ।

डा देवकोटाका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु विजयनगर कपिलवस्तुका २६ देखि ५२ वर्ष उमेर भित्रका ३ जना हापुरे दाङका एकजना ३० वर्षीय पुरुष, बगलाचुरी दाङको ४ जना २७ देखि ३८ वर्षीय पुरुष र २८ वर्षीया एकजना महिला रहेकी छन् ।

यसैगरी नारायाणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ आएको छ । उनीहरु बाराहर्दियाका २४ वर्षीय पुरुष, पर्सा बसौनीका २ जना १८ र ६० वर्षीया महिला रहेका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनाको पनि कोरोना पोजेटिभ आएको छ । उनीहरु सबैजना दैलेखका १४ देखि ५० वर्ष उमेर भित्रका पुरुषहरु रहेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २ जनाको पोजेटिभ आएको छ । उनीहरु संखुवासभा खादबारीका एकजना २३ वर्षीय पुरुष र संखुवासभाकै पाँचकपनका २२ वर्षीय पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या एक हजार ४ सय १ पुगेको छ । जसमध्ये १ हजार २ सय ८८ जना पुरुष र १ सय १३ जना महिला रहेका छन् । हालसम्म २ सय १९ जना संक्रमित  निको भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालका ५३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ५ : ०४ बजे

तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति

काठमाडाैं – भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै

आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता

बेंगलुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र

काठमाडौं – नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ