ललितपुरकी २३ वर्षीया कोरोना संक्रमित ६ दिनकी सुत्केरी  | Khabarhub Khabarhub

ललितपुरकी २३ वर्षीया कोरोना संक्रमित ६ दिनकी सुत्केरी 


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएकी ललितपुरकी महिला ६ दिनको सुत्केरी भएको खुलेको छ ।

आज नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयले ललितपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

किष्ट मेडिकल कलेजका चिफ अप्रेटिङ अफिसर अमिश पाठकले स्वास्थ्य मन्त्रालयले आज संक्रमण पुष्टि गरेको ललितपुरकी २३ वर्षीया महिला ६दिने सुत्केरी भएको जानकारी दिएका हुन् ।

उनका अनुसार ती महिला जेठ ११ गते सुत्केरी गराउन किष्ट मेडिकल केलेजमा भर्ना भएकी थिइन् । उनको नर्मल डेरीभरी नहुने अवस्था भएपछि चिकित्सकहरुले ती महिलालाई जेठ १२ गते शल्यक्रिया गरेर सुत्केरी गराएका थिए ।

अस्पताले शल्यक्रिया गर्नुअघि १२ गते नै ती महिलाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी प्रयोगशालमा पठाएको थियो ।

किष्ट मेडिकल कलेजमा सुत्केरी भएकी ती महिलाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि अस्पतालले जेठ १५ गते नै अस्पतालबाट डिस्चार्ज गरिदिएको थियो ।

तर उनको कोरोना परीक्षणको रिपोर्ट भने आज मात्र आएको हो ।

‘शल्यक्रिया गरेर सुत्केरी गराउने भएपछि हामीले स्वाब संकलन गरेर प्रयोगशालमा पठाएका थियौं, उहाँको १२ गते शल्यक्रिया भयो स्वास्थ्य अवस्था समान्य भएपछि १५ गते डिस्चार्ज गरेका थियौं,’ पाठकले खबरहबसँग भने, ‘उहाँको कोरोनाको रिपोर्ट आज पोजेटिभ आएछ ।’

आफ्नो अस्पतालमा उपचारत महिलाको कोरोनाको रिपोर्ट आज पोजेटिभ आएको जानकारी आएपछि अहिले ती महिलालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली उनको घरमा पुगिसकेको पाठकले बताए ।

आफ्नो अस्पतालमा सुत्केरी भएकी महिलाको कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उनको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको बताए ।

‘अहिले हामीले ती महिलाको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको ५० जनाको टोलीलाई क्वारेन्टाइमा राखेका छौं,’ पाठकले भने, ‘उहाँहरु आफ्नै घरमा हुनेहरु घरमै होम क्वारेन्टाइनमा बस्नुभएको छ, उपत्यकामा भाडामा बस्नेलाई अस्पतालमै क्वारेन्टाइमा राखेका छौं ।’

पाठकका अनुसार किष्ट मेडिकल कलेजमा यसअघि जेठ १४ गते एकजना कोरोना संक्रमितको मृत्युभएको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ८ : ४२ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली