संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय | Khabarhub Khabarhub

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज पार्टी कार्यालयमा राति अबेर सकिएको केन्द्रीय समिति बैठकले नेपालको परिवर्तित नक्सालाई संविधानको अंग बनाउन लागि संसदमा पेश हुने संशोधन विधेयकको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको कांग्रेस नेता गगन थापाले जानकारी दिए ।

दिउँसो २ बजेदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा बजेट, कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि चाल्नुपर्ने कदलम लगाएतका विषयमा छलफल भएको थियो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसोबाट शुरु भएको केन्द्रीय समिति बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा र त्यही नक्साअनुसारको निशान चिन्ह बनाउने संविधान संशोधनको प्रस्तावमाथिको केन्द्रीय समिति बैठकमा छलफल भएको थियो ।

कांग्रेस महामन्त्री पुर्णबहादुर खड्काले पेश गरेको प्रस्तावमा सरकारले संसदमा पेश गर्ने संशोधन प्रस्तावका पक्षमा कांग्रेस संसदीय दललाई निर्देशन दिने एजेण्डा राखिएको थियो ।

केन्द्रीय समिति बैठकमा नेताहरुले सरकारले संसदमा ल्याउने संशोधन प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने धारणा राखेका थिए ।

यसअघि कांग्रेसको पदाधिकारी बैठकले संशोधन प्रस्ताव सकारात्मक रहेको र कांग्रेस संशोधनका पक्षमा रहेको भएपनि केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने भन्दै आजका लागि बैठक बोलाइएको थियो ।

कांग्रेसले औपचारिक निर्णय गरेसँगै भोलि संसदमा पेश हुने संविधान संशोधन विधेयकका पक्षमा दुई तिहाई मत पुग्नेछ ।

संसद सचिवालयले भोलि दिउँसोका लागि बोलाइएको प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने विषय राखेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  १० : ४५ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला