पश्चिमी र स्थानीय वायुको प्रभावले बिभिन्न स्थानमा वर्षा « Khabarhub

पश्चिमी र स्थानीय वायुको प्रभावले बिभिन्न स्थानमा वर्षा


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभावले आज विहानैदेखि विभिन्न स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायु र पूर्वी भू-भागमा बनेको निम्न चापिय रेखाको प्रभावले विभिन्न स्थानमा हल्का वर्षा भएको हो ।

महाशाखाले मंगलबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म नै मुलुकका पूर्वी भू-भागका केही स्थानहरू र मध्य तथा पश्चिमी पहाडी भू-भागमा मेघगर्जन, चट्याङ, र हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।

आगामी २४ घण्टासम्म देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ७ : ०९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना