लकडाउनमा फसेका पुर्‍याउन विमान नै चार्टर्ड ! « Khabarhub

लकडाउनमा फसेका पुर्‍याउन विमान नै चार्टर्ड !


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमण फैलदैं गएपछि देशभर जारी लकडाउनमा फसेका मानिस आफ्नो घर जान अनेकौ जुक्तिखोजि रहेका छन् ।

सवारी साधनको विकल्पको नभएका र आर्थिक अभावमा रहेकाहरु पैदल घर फर्किएका छन् भने कतिपयले पास तथा बिभिन्न झुटको सहारामा भएपनि घर फर्किरहेका छन् ।

समग्रमा मानिस घर फर्किन जुनै मुल्य तिर्न पनि तयार छन् । तर यो मुल्य के लाखौंको होला ? त्यो पनि करिब ३२ लाख मुल्य लाग्ला?

भारतको मध्यप्रदेशको भोपाल निवासी एक ब्यक्तिले लकडाउनमा फसेको आफ्नो परिवारलाई घर पुर्‍याउन एक विमान नै भाडामा लिएका छन् । त्यो पनि मात्र ४ सदस्यको यात्राका लागी उनले १८० सिटको विमान भाडामा लिएका हुन् ।

भोपालका मदिरा कारोबारीले घरका ३ सदस्य र १ जना घरेलु कामदारलाई भोपालबाट दिल्ली पुर्‍याउन निजी कम्पनीको १८० सिट क्षमताको A320 विमान भाडामा लिएका हुन् ।

यसमा सबैभन्दा रोचक कुरा त के छ भने, सोमबार दिल्लीका लागी भोपालबाट ४ जनायात्रु लिएर उडेको विमानको भाडा मात्र भारु २० लाख अर्थात नेपाली ३२ लाख रहेको छ । जे होस् ती ब्यक्तिले २ महिनादेखि लकडाउनमा फसेका आफन्तलाई घर पुर्‍याए ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : २५ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती