नमूना प्रश्नसँग हुबहु मिलेपछि… « Khabarhub

नमूना प्रश्नसँग हुबहु मिलेपछि…


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले आफ्नो मातहतका विद्यालयमा कक्षा ८ को परीक्षा पुनःलिने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेका अनुसार, अघिल्लो वर्षको नमूना प्रश्नसँग यसपालीको प्रश्न हुबहु मिलेको पाइएपछि परीक्षा दोहोर्‍याउनु परेको हो ।

उक्त गाउँपालिका मातहतका १४ वटा विद्यालयमा यही चैत १९ गतेदेखि २६ गतेसम्म पुनःपरीक्षा सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए । गाउँपालिकाले मातहतका विद्यालयमा अन्तिम परीक्षा यही चैत १० देखि १८ गतेसम्म सञ्चालन गरिरहेको थियो ।

सञ्चालन भइरहेको परीक्षा रद्द हुँदा ४८८ जना विद्यार्थी प्रभावित भएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ९ : ०७ बजे

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका