खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार ८५ पुग्यो | Khabarhub Khabarhub

खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार ८५ पुग्यो


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार ८५ जनाको मृत्यु भएको छ भने २ लाख २६ हजार ६०६ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ५०३ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ हजार २६१ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २६४ जनाको मृत्यु भएको छ भने ३४ हजार ५५७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा २१२ जनाको मृत्यु भएको छ भने २७ हजार ४३ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ४९ जनाको मृत्यु भएको छ भने ११ हजार ४३७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा ३८ जनाको मृत्यु भएको छ भने ५६ हजार ९१० जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १९ जनाको मृत्यु भएको छ । त्यहाँ ११ हजार ३९८ जना संक्रमित भएका छन् । बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १२ : ४३ बजे

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग

कस्तो होला तिहारको मौसम ?

काठमाडौं – नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक

आज २०८२ साल कात्तिक २ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले