हावाहुरीको वितण्डाले शोकमा डुब्यो तराई (तस्वीर सहित) « Khabarhub

हावाहुरीको वितण्डाले शोकमा डुब्यो तराई (तस्वीर सहित)


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –आइतबार राति आएको हावा र हुरीले बारा र पर्सामा अकल्पनीय क्षति भएको छ । अहिलेसम्म जानकारीमा आएसम्म बारा र पर्सामा गरी ३२  जनाको मृत्यु भएको छ । भने ५ सय भन्दा बढी घाइते भएका छन् । मृतको पहिचान खुल्न सकेको छैन ।

बारा र पर्सामा घटेको अकल्पनीय प्राकृतिक विपत्तिले सिंगो मुलुक शोकमग्न बनेको छ ।

बारा र पर्सा जिल्लामा भएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख प्रकट गरेका छन् । उनले हावा हुरीबाट ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण घाइते भएकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएका छन् । घटना रातिको समयमा भएका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ ।

रगत अभावका कारण घाइतेकाे उपचारमा समेत समस्या देखिएको छ ।  प्रधानमन्त्री ओलीले उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ११ : ५२ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम