हावाहुरीको वितण्डाले शोकमा डुब्यो तराई (तस्वीर सहित) « Khabarhub

हावाहुरीको वितण्डाले शोकमा डुब्यो तराई (तस्वीर सहित)


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –आइतबार राति आएको हावा र हुरीले बारा र पर्सामा अकल्पनीय क्षति भएको छ । अहिलेसम्म जानकारीमा आएसम्म बारा र पर्सामा गरी ३२  जनाको मृत्यु भएको छ । भने ५ सय भन्दा बढी घाइते भएका छन् । मृतको पहिचान खुल्न सकेको छैन ।

बारा र पर्सामा घटेको अकल्पनीय प्राकृतिक विपत्तिले सिंगो मुलुक शोकमग्न बनेको छ ।

बारा र पर्सा जिल्लामा भएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख प्रकट गरेका छन् । उनले हावा हुरीबाट ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण घाइते भएकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएका छन् । घटना रातिको समयमा भएका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ ।

रगत अभावका कारण घाइतेकाे उपचारमा समेत समस्या देखिएको छ ।  प्रधानमन्त्री ओलीले उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ११ : ५२ बजे

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले