सरकारी कार्यालय र विश्वविद्यालयको बेरुजु २ खर्ब १० अर्ब | Khabarhub Khabarhub

सरकारी कार्यालय र विश्वविद्यालयको बेरुजु २ खर्ब १० अर्ब


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रालयलगायत सरकारी कार्यालय र विश्वविद्यालयको बेरुजु दुई खर्ब नाघेको छ । बेरुजु फस्र्योट मूल्यांकन तथा अनुगमन समितिको आर्थिक वर्ष ०७४/७५ को वार्षिक प्रतिवेदनले दुई खर्ब १० अर्ब बेरुजु देखाएको हो । यसमध्ये मन्त्रालय/कार्यालयतर्फ एक खर्ब ७४ अर्ब र विश्वविद्यालय/समितितर्फ ३६ अर्ब बेरुजु रहेको नयाँ पत्रिकामा खबर छ ।

कुल बेरुजुको आधा अंक आर्थिक वर्ष ०७४/७५ मा मात्रै बढेको देखिएको छ । हालै मन्त्रिपरिषद्ले स्वीकृत गरेको समितिको प्रतिवेदनअनुसार ०७४÷७५ सम्म १ खर्ब ४ अर्ब बेरुजु थियो । ०७४/७५ को लेखापरीक्षणमा मात्रै एक खर्ब ६ अर्ब बेरुजु थप भएको हो । सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयको रहेको समितिले जनाएको छ । अर्थको ४३ अर्ब १८ करोड बेरुजु छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ३३ अर्ब ५५ करोड, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २० अर्ब र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको १९ अर्ब ६२ करोड बेरुजु देखिएको छ ।

राष्ट्रपति कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, न्यायपरिषद्, महालेखापरीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगले भने सबैभन्दा धेरै बेरुजु फस्र्योट गरेको समितिको प्रतिवेदनमा उल्लेख छ ।बेरुजु बढ्दा संगठनात्मक प्रभावकारिता र आर्थिक अनुशासन कम भएको देखिएको समितिको ठहर छ । सार्वजनिक स्रोत परिचालनमा दक्षताको कमी र विधिको पालना नहुने जोखिमसमेत बढ्ने प्रतिवेदनमा उल्लेख छ । समितिले बेरुजु फस्र्योटलाई प्रभावकारी बनाउन १५ बुँदे निर्देशन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

सुदूरपश्चिममा आर्थिक अनियमितता शीर्षकको समाचारमा सुदूरपश्चिम प्रदेश सभा र मन्त्रालयहरूले सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै टेन्डर छलेर साढे दुई करोडभन्दा बढीको सामान खरिद गरेका छन् । ५ लाखभन्दा बढीको सामान प्रतिस्पर्धाबाट खरिद गर्नुपर्ने नियम छल्दै विभिन्न कम्पनीमार्फत २ करोड ६३ लाखको सामान खरिद गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभाले गत आर्थिक वर्षमा १ करोड ३९ लाख मूल्यका विभिन्न सामान र उपकरण विनाप्रतिस्पर्धा खरिद गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । यस्तै, सामाजिक विकास मन्त्रालयले ८४ लाख ८ हजार र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ४० लाख २२ हजारको सामान टेण्डर छलेर खरिद गरेका छन् ।

त्यस्तै पत्रिकाले बारामा हावाहुरीको वितण्डा शीर्षकमा लेखेको समाचारमा घाइते भएका ४ सय बढीको विभिन्न अस्पतालमा उपचार हुँदै गरेको, वीरगञ्जका अस्पताल घाइतेले भरिएको, घाइतेको उद्धारका लागि डोजर प्रयोग गरिएको उल्लेख छ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ६ : ५८ बजे

उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको

पियोर इनर्जीले बोलायो साधारणसभा, लाभांश छैन 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच

काठमाडौं– भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको

भारतीय दूतावासमा यसरी मनाइयो स्वतन्त्रता दिवस (तस्बिरहरू)

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइएको छ। नेपालमा रहेका

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि