चलचित्र विकास बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस « Khabarhub

चलचित्र विकास बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीनजनाको नाम सिफारिस गरेको हो ।

गत बिहीबार मन्त्रालयले दरखास्त दिनेमध्ये तीनजनाको नाम मन्त्रिपरिषद् अन्तर्गत सिफारिस गरेको हो । मन्त्रालयले भुवन केसी, दयाराम दाहाल र राजेन्द्र थापाको नाम सिफारिस गरेको छ ।

भुवन केसी, दयाराम र राजेन्द्र थापासँगै भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले आवेदन दिएका थिए ।

१० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

अब बस्ने मन्त्रिपरिषद बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ । गत वर्षको मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि खाली भएको उक्त पदका लागि मन्त्रालयले आवेदन आह्वान गरेको थियो ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ११ : ५९ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले