दक्षिण अरब सागरमा चक्रवात बिकसित हुँदै, नेपालमा कस्तो पर्ला प्रभाव ? « Khabarhub

दक्षिण अरब सागरमा चक्रवात बिकसित हुँदै, नेपालमा कस्तो पर्ला प्रभाव ?


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ ।

दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने सम्भावना रहेको छ ।

त्यसको प्रभावले नेपालका केही स्थानमा जुन ४, ५ र ६ अर्थात (जेठ २२–२४) मा वर्षाका साथै पश्चिमी उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनअघि बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले नेपालका पूर्वी र मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो ।

मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा चक्रवातको प्रत्यक्ष असर गर्दैन । नेपालसम्म आइपुग्दा सो प्रणाली कमजोर भइसकेको हुन्छ । नेपालमा चक्रवातको आंशिक प्रभाव मात्र पर्ने बताइएको छ ।

अहिलेसम्मको अवस्थालाई हेर्दा उक्त चक्रवातको प्रभावले सुदूरपश्चिमी भूभागका केही स्थानमा वर्षा र पश्चिमी उच्च हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको मौसमविद् पोखरेलले बताइन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १२ : ०१ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको