आरबी लाइप्लिज जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा « Khabarhub

आरबी लाइप्लिज जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आरबी लाइप्जिग जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लिएको छ।

सोमबार राति भएको खेलमा लाइप्जिगले घरेलु टोली एफसी कोल्नलाई ४–२ को अन्तरले पराजित गर्दै तेस्रो स्थानमा पुगेको हो। जितसँगै लाइप्जिगले दोस्रो स्थानको बोरुसिया डर्टमन्टसँगको दूरी २ अंकमा सीमित गरेको छ।

लाइप्जिगको जितमा प्याट्रिक शिक, क्रिस्टोफोर एनकुन्कु, टिमो वेर्नर र ड्यानियल ओल्मोले गोल गरे। लिगमा वेर्नरको २५ औँ गोल हो।

खेलको सातौँ मिनेटमा घरेलु टोली कोल्नका जोन कोर्डोवाले सातौँ मिनेटमा गोल गर्दै अग्रता बनाएको खेलमा २० औं मिनेटमा प्याट्रिकले बराबरी गोल फर्काए। ३८ औं मिनेटमा एन्थोनी मोडेस्टेले एक गोल थपे।

जितसँगै लाइप्जिगले २९ खेलबाट ५८ अंक जोडेको छ। कोल्न ३४ अंक सहित अंकतालिकाको ११ औं स्थानमा छ। ६० अंकमा डर्टमुन्ड दोस्रो स्थानमा रहँदा बार्यन म्युनिख ६७ अंकमा शीर्ष स्थानमा छ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १२ : ४४ बजे

अमेरिकाको मिसौरीमा गोली हानाहान : दुई प्रहरीको मृत्यु, तीन घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा

एन्फा राष्ट्रिय लिग : लालीगुराँस शीर्षस्थानमा

काठमाडौं– लालीगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिगको शीर्षस्थानमा उक्लिएको छ । 

तेहरान हिरासतमा रहेका आफ्ना नागरिकलाई रिहा गर्न जापानको माग

टोकियो– जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई

चुनावी घोषणापत्र : वैदेशिक रोजगारीमा जानेलाई कांग्रेसको विशेष, अन्य दलको औसत सम्बोधन

काठमाडौं– फागुन २१ गते हुने निर्वाचन लक्षित गरी राजनीतिक दलहरूले

कार्यकाल सकिए पनि पुनः एमालेमा क्रियाशील हुन्छु : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभामा हुने प्रतिनिधित्व निकै उत्तम