अछाममा थप १० जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

अछाममा थप १० जनामा कोरोना संक्रमण पुष्टि


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछाममा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेल्लेख गाउँपालिकाका ८ जना,मंगलसेन नगरपालिका १ र चौरपाटी गाउँपालिकाका १ जनामा संक्रमण भएको पुष्टि भएको हो।

मेल्लेखका २२, २४, २७, २९, ३०, ३५,४० पुरुष र २७ वर्षीया महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । यस्तै, चौरपाटी गाउँपालिकाका-२ का ३२ वर्षीय र मंगलसेन नगरपालिकाका २३ वर्षीय पुरुषमा सुर्खेतमा पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको जोशीले बताए ।

सोमबार चौरपाटी गाउँपालिका-२ का ३३ वर्षीय पुरुषको प्रादेशिक अस्पताल धनगढीमा पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण भेटिएको थियो ।

केही दिनअघि भारतबाट फर्कने क्रममा मेल्लेख गाउँपालिकाका बुवाछोरीलाई धनगढीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । हालसम्म जिल्लामा ४ सय ५ जनाको पीसीआरमार्फत कोरोना परीक्षण गरिएको छ ।

जसमा ३ सय २४ जनाको रिर्पोट नेगेटिभ आएको छ भने ११ जनाको पोजिटिभ आएको छ । १८ जनाको स्वाब संकलन गरिएकोमा पठाउन बाँकी रहेको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हालसम्म ५ हजार ५ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १ : १५ बजे

सुडानी सेनाको ड्रोन आक्रमणमा ३५ जनाको मृत्यु

कायरो- सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाले गरेको

प्रचण्डको स्वीकारोक्ति : पद प्राप्तिको होडबाजीले कम्युनिस्टहरूमा विचलन आयो, गल्ती नै यहीँ भयो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय

डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक : मन्त्री वादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

आफैं अध्यक्षबाट हट्नुपर्ने ओली फेरि मच्चाउँदै छन् एमालेमा भाँडभैलो

काठमाडौं- फागुन २१ को चुनावमा धुलिसात हुने गरी धक्का खाएपछि