कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने « Khabarhub

कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ । केन्द्रीय समितिको निर्देशनअनुसार गैरसरकारी विधेयकका रुपमा संविधान संसोधन विधेयक दर्ता गर्न लागेको कांग्रेस सांसद अमरेशकुमार सिंहले बताए ।

संशोधन विधेयक दर्ताका लागि सिंहलगायतका मधेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरु संघीय संसद् सचिवालयमा पुगेको नेता सिंहले बताए ।

नेता सिंहले भने, ‘पहिले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको विधेयक नै दर्ता गर्न लागेका हौं । केन्द्रीय समितिको निर्देशनअनुसार नै संशोधन विधेयक दर्ता गर्न लागेका हौं ।’

उनका अनुसार कांग्रेस सांसदहरु प्रदीप गिरी, चित्रलेखा यादव, अभिषेकप्रताप शाह, तेजुलाल चौधरी लगाएतहरु संघीय संसद सचिवालयमा पुगिसकेको छन् ।

कांग्रेसले सरकारले संसदमा पेश गरेको संसोधन विधेयकको समर्थन गर्ने निर्णय गरिसकेको छ । सरकारले पिलुलेक, लिम्पियाधुरा र कालापानीसमेतको भू–भाग समेटेर जारी गरेको नक्सालाई संविधानको अनुसुचीमा राख्न संविधान संसोधन विधेयक संसदमा पेश गरिसकेको छ ।

त्यसबाहेक समाजवादी पार्टी र राजपाले सोमबार मात्रै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ३ : १६ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)