मार्चयता पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो | Khabarhub Khabarhub

मार्चयता पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड– युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् ।

आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले पछिल्लो स्वास्थ्य विवरण निकै बढी उत्साहप्रद रहेको बताए ।

पत्रकार सम्मेलनका क्रममा उनले २४ घण्टाका अवधिमा ७१ जना नयाँ संक्रमित व्यक्ति भेटिएको जानकारी दिए । उनले भने, “संक्रमण नियन्त्रण र रोकथामका क्षेत्रमा निकै सुधार भएको देखिएको छ । सरकारका प्रयासहरु सही दिशातर्फ उन्मूख भएको यसले प्रष्ट बनाएको छ ।”

स्पेनमा मार्च ३ मा पहिलो पटक दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यसको दुई दिनपछि अर्को व्यक्तिको ज्यान गएको थियो । त्यसयता स्पेनमा मृत्यु हुनेको संख्या नाटकीय रुपमा बढेको थियो । अप्रिल २ मा एकै दिन ९५० जनाको मृत्यु भएको थियो ।

देशभर कूल संक्रमित २ लाख ४० हजार व्यक्तिमध्ये २७ हजार १२७ जनाको मृत्यु भएको औपचारिक स्वास्थ्य विवरणमा देखिएको छ ।

शुरुआती दिनहरुमा युरोपेली मुलुक इटालीपछि स्पेन सर्वाधिक प्रभावित थियो । तर भाइरसका कारण फ्रान्स र बेलायतलाई पनि आक्रान्त बनाएको थियो ।

स्पेनमा मध्य मार्चमा सरकारले लकडाउनलाई अति कडा बनाएको थियो । तर अहिले परिस्थितिमा निकै सुधार आएसँगै लकडाउनमा खुकुलो बनाउन थालिएको छ ।

तर स्पेनी सरकारले भाइरस प्रसारको खतरा अझै रहेको बताउँदै लकडाउन कुनै पनि बेला लगाउन सकिने बताएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आपतकाल घोषणा गर्न सक्ने अवशिष्ट अधिकार अरु दुई हप्ता बढाउन संसदमा प्रस्ताव लैजाने बताएका थिए । यो अधिकार प्राप्त गरेमा सरकारले मानिसलाई घरभित्र बस्नेगरी आदेश दिन पाउनेछ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ४ : ०५ बजे

नीति तथा कार्यक्रम : शिक्षा क्षेत्रमा के भन्यो सरकारले ?

काठमाडौं– आज संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

साताको कार्टुन : ‘स्टन्ट’ गरेर देश बन्दैन !

काठमाडौं– यो साता सामाजिक सञ्जालमा एउटा वाक्यांश चर्चामा रह्यो–‘स्टन्ट गरेर

विद्यार्थीका लागि पढ्दै कमाउँदै नीति, अब सरकारी सेवामा इन्टर्न कर्मचारी खटाउने

काठमाडौं– विदेशमा जस्तै विद्यार्थीहरुको लागि ‘कमाउँदै–पढ्दै’ को नीति लागू हुने

त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रूपान्तरण गरिने

काठमाडौं– सरकारले खेल पूर्वाधार निर्माणका लागि तीनै तहका सरकारका साथै

महिला सशक्तीकरणको लागि उद्यमशीलतामा जोड 

काठमाडौं– महिला सशक्तीकरणको लागि सरकारले उद्यमशीलतामा जोड दिने बताएको छ