लकडाउनको मोडालिटी फेर्ने विषयमा सरोकारवालासँग छलफल « Khabarhub

लकडाउनको मोडालिटी फेर्ने विषयमा सरोकारवालासँग छलफल


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले लकडाउनको ढाँचा फेर्ने विषयमा गृहकार्य थालेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने सन्दर्भमा मंगलबार निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरुसँग छलफल गरेको हो ।

कोरोना महामारीको समयमा नागरिकलाई सुरक्षित राख्दै उद्योग व्यवासय कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा उनीहरुका राय सुझाव मागिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

उनले विभिन्न क्षेत्रबाट प्राप्तसुझावलाई अध्ययन गरी उपयुक्त मोडालिटी तयार पारिने बताए । छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जोखिमको अवस्थालाई मध्यनजर गर्दै उद्योग व्यवसाय पनि संचालन गर्नुपर्नेमा जोड दिएको बताइन् ।

उनले जोखिमको तह र क्षेत्रलाई वर्गिकरण गरी  लकडाउन खुकुलो बनाउदै अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने धारणा राखेको जानकारी दिइन् ।

त्यसैगरी चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ कोरोनाको जोखिमलाई हेरेर उद्योग व्यवसाय सञ्चालनको वातावरण मिलाउन आग्रह गरेको बताए ।

यातायात व्यवसायी महासंघका महासचिव सिटौलाले उद्योगधन्दा संञ्चालन संगै सार्वजनिक यातायातका साधन पनि संञ्चालन गर्नु अत्यावश्यक भएकाले सामाजिक दुरी कायम गरि सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएको बताए ।

छलफलमा उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष चन्द्र भण्डारी, नेपाल निर्यात व्यवसायी महासघका महासचिव तथा पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापा लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

पछिल्लो पटक सरकारले लकडाउनको अवधि लम्ब्याएर जेठ ३२ गतेसम्म पुर्‍याएको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ८ : २४ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको