लकडाउन उलंघन गर्ने १८ सय सवारीसाधन नियन्त्रणमा | Khabarhub Khabarhub

लकडाउन उलंघन गर्ने १८ सय सवारीसाधन नियन्त्रणमा


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले लकडाउन उलंघन गर्ने १८ सय ६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

मंगलबार उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने १५ सय ८४ वटा २ पाङ्ग्रे र दुई सय २२ चार पाङ्ग्रे गरी जम्मा १८ सय ६ सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म यी सवारी साधनलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको हो।

आम नागरिकहरूको अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १० : ०३ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)