कोरोना संक्रमणमुक्त भएर १९ दिनमा डिस्चार्ज भइन् ६ वर्षीया बालिका | Khabarhub Khabarhub

कोरोना संक्रमणमुक्त भएर १९ दिनमा डिस्चार्ज भइन् ६ वर्षीया बालिका


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण निको भएर थप १२ जना संक्रमित डिस्चार्ज भएका छन्।

टिचिङ अस्पतालमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिका १९ औँ दिनमा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएकी छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार जनकपुर अस्पतालबाट ५ जना संक्रमितहरु ११ औँ देखि १६ औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन्। त्यसैगरी टेकु अस्पतालबाट एक जना ९ औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन्। बलम्बुबाट १ जना संक्रमित १५ औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन्।

बुटवलबाट ४ जना संक्रमितहरु १० औँ दिनको अवधिमा डिस्चार्ज भएका छन्। योसँगे  नेपालमा कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ।

प्रादेशिक विवरण अनुसार हालसम्म प्रदेश १ मा ४८ जना, प्रदेश २ मा १०९, वागमती प्रदेशमा ३१, गण्डकीमा ३, प्रदेश ५ मा ८० र सुदूरपश्चिम प्रदेशमा ७ जना संक्रमणमुक्त भएका हुन्।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ६ : ३१ बजे

श्रमिकलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बढाउने गरी बजेट ल्याउनुपर्छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले श्रमिकहरूलाई पूर्णअधिकार सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

दमौली– तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

अपहरणको आरोपमा नाबालकसहित चार जना पक्राउ

वीरगञ्ज– कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक

रावाबेँसी पूर्णखोप सुनिश्चित गाउँपालिका

खोटाङ– रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको

गुर्जामा सामूहिक तरकारीखेती

म्याग्दी– धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन्