कच्चा तेलको उत्पादन घटेपछि विश्व बजारमा तेलको मूल्य बढ्यो « Khabarhub

कच्चा तेलको उत्पादन घटेपछि विश्व बजारमा तेलको मूल्य बढ्यो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


टोकियो– विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो ।

जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर कायम भएको छ । यो मूल्यवृद्धि पहिलो चौमासिकमा २७ प्रतिशत हो ।

अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट (डब्लुटीआई)मा शून्य दशमलब ५ प्रतिशत वृद्धि भई प्रति ब्यारेल ६०.४४ डलर भएको छ । जनवरीदेखि मार्च महिनाको अवधिमा कच्चा तेलको मूल्यमा ३२ प्रतिशत वृद्धि भएको हो ।

इरान र भेनेजुएलामाथि अमेरिकी प्रतिबन्ध तथा ओपेक र अरु मुख्य तेल उत्पादक राष्ट्रहरुले गरेको आपूर्ति कटौतीले पनि यस वर्ष तेलको मूल्यवृद्धि भएको छ । यी प्रतिबन्ध र आपूर्ति कटौतीले विश्व अर्थतन्त्रको वृद्धि र अमेरिका–चीन व्यापार युद्धजस्ता जल्दाबल्दा विषयलाई समेत ओझेलमा पारेका छन् ।

अमेरिकी उप अर्थमन्त्री सिगेल माल्डेल्करले सिंगापुरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै संयुक्तराज्य अमेरिकाले इरानमाथि थप दबाब सिर्जना गर्ने बताएका छन् ।

‘अमेरिकी अधिकारीहरु मलेसिया, सिंगापुर र अरु मुलुकहरु गैरकानुनी इरानी तेलको कारोबार तथा प्रतिबन्ध छल्न इरानीहरुले अपनाउन सक्ने विधिका बारेमा पूर्ण जानकार रहेका छन्,’ मन्त्री माल्डेल्करले भने ।

अमेरिकाले तेलको व्यापार गर्ने कम्पनी र रिफाइनरीहरुलाई भेनेजुएलासँग सम्झौताहरु कम गर्दै लैजान आग्रह गरेको छ । त्यसो नगरिए त्यस्ता व्यापारिक फर्ममाथि अमेरिकाले प्रतिबन्ध लगाउने चेतावनी दिइसकेको छ ।

ओपेक र यसका गठबन्धन मुलुकहरु जस्तै रुसबीचको सम्झौतामा प्रतिदिन करिब १२ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने उल्लेख छ । यो सम्झौता गत जनवरी १ बाट कार्यान्वयनमा आएकाले पनि तेलको मूल्यमा क्रमिक रुपमा वृद्धि हुन थालेको छ ।

अमेरिकी तेल उत्पादन पनि मध्य फेब्रुअरीदेखि स्थिर छ । अमेरिकी सरकारको शुक्रबार प्रकाशित एक प्रतिवेदनमा विश्वकै ठूलो तेल उत्पादक राष्ट्र अमेरिकाको तेल उत्पादन जनवरी महिनामा प्रतिदिन १ करोड १९ लाख ब्यारेल रहेको देखाइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १० : ५७ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००