'निसर्ग’ आँधीबाट भारतमा दुईको मृत्यु, तीन जना घाइते | Khabarhub Khabarhub

‘निसर्ग’ आँधीबाट भारतमा दुईको मृत्यु, तीन जना घाइते


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ। अरु तीन जना घाइते भएका बताइएको छ।

आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको थियो। बुधबार राति आँधी आउने भविष्यवाणी गरिएलगत्तै ती गाउँहरु खाली गराएका त्यहाँका नागरिकलाई अन्यत्रै सारिएको थियो।

भारतको मुम्बई र सो आसपासका क्षेत्रमा निसर्ग नामको आँधी आउने अनुमान गरिएको हो। हिजो राति आएको सो आँधीमा परी पुने जिल्लामा दुई जनाको ज्यान गएको र अरु तीन जना घाइते भएका समाचारमा जनाइएको छ।

पुनेमा करिब एक सय घरमा क्षति पुगेको छ। कतिपय घर भत्किएका छन् भने केहीमा आंशिक क्षति पुगेको बताइएको छ। महाराष्ट्रको तटीय क्षेत्रमा आाधी आउने भन्दै बुधबार नै उद्धार कार्य गरिएको बताइएको थियो। भारतको मौसम विभागले एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आउने अनुमान गरेको थियो।

बुधबार रातिदेखि नै आँधी सम्भावित प्रभावित क्षेत्रमा सडक तथा रेल यातायात बन्द गरिएको थियो। बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ पनि खाली गराएर त्यहाँका हजारौँ मानिसलाई अन्यत्रै सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हिजोको सो सतर्कताका कारण ठूलो क्षति हुन नपाएको पनि अधिकारीहरुले जनाएका छन्। मृत्यु भएका दुई जनामा एकलाई उडिरहेको जस्ता पाताले लागेर र अर्का एकजनाको घर भत्किएर ज्यान गएको बताइएको छ।

प्राय महाराष्ट्रका धेरै क्षेत्रमा क्षतिको अनुमान गरिएकोमा आँधी कमजोर आएको आज बताइएको छ। सतर्कता अपनाउनुका साथै आँधी कमजोर रहेकोले धेरै क्षति नभएको मौसमविद्हरुले बताएका छन्।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ७ : ५० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला