प्रहरी चौकीमा आक्रमण गर्ने वडाध्यक्षविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा « Khabarhub

प्रहरी चौकीमा आक्रमण गर्ने वडाध्यक्षविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम- प्रहरी चौकीमा आक्रमण गर्ने मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा लगाएको छ ।

स्थानीयको सहयोगमा प्रहरी चौकीमै आक्रमण गरेको आरोपमा उनीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको हो ।

मंगलबार साँझ करिब ८ बजे प्रहरीले खाना खाइरहेको अवस्थामा वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी पोष्टमा तोडफोड गरी क्षति पुर्‍याएको थियो ।

उनीसहित २० देखि २५ जनाको युवा समूहले ढुंगामुढा गर्दै प्रहरी पोष्ट तोडफोड गरेका थिए । प्रहरीले वडाध्यक्षसहित राजन केसी, खिलराज गिरी र टेकबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ ।

नयाँ फौजदारी संहिताअनुसार अभद्र व्यवहारसम्बन्धी कसुर भनेको सार्वजनिक मुद्दा हो । कसूर पुष्टि भएमा १ वर्ष कैद सजाय वा १० हजार जरिवाना वा दुवै सजाय र क्षतिपूर्ति भराउने व्यवस्था छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ८ : ४६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल