पशुपक्षी हाटबजारको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– हरेक दिन नेपालमा विकास « Khabarhub

पशुपक्षी हाटबजारको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– हरेक दिन नेपालमा विकास


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक–  प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढेको बताएका छन् ।  देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उनले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताए ।

झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अब समृद्ध र समुन्नत बनाउने महाअभियानमा सबै जुट्नुपर्ने बताए ।

देशको विकासमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउँदै ओलीले भने, “कृषि बजारलाई व्यवस्थित बनाउँदै यसको विकास गर्न वर्तमान सरकार प्रयत्नशील छ ।” देशको विकासमा सबैको सहभागिता भएमात्र देश विकासको प्रतिफल प्राप्त हुने उनको भनाइ थियो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले पशुपक्षी हाटबजारको प्रशासनिक भवन तथा बजारको समेत उद्घाटन गरेका थिए । पशुपक्षी हाटबजार नेपाल सरकार तथा विश्व बैंकको संयुक्त लगानीमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत कृषि तथा व्यापार आयोजना र नेपाल लाइफस्टक सेक्टर एनोभेसनको आयोजनामा निर्माण भएको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ११ : ५८ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य