रौतहटमा सतर्कता अपनाएर व्यापार व्यवसाय चलाउन दिइने | Khabarhub Khabarhub

रौतहटमा सतर्कता अपनाएर व्यापार व्यवसाय चलाउन दिइने


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- कोरोना भाइरस (कोभिड १९ )को संक्रमण फैलिन नदिन सर्तकता अपनाएर व्यापार/व्यवसाय खोल्न दिने रौतहट प्रशासनले निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीवार सूचना जारी गर्दै जेठ २३ गते शुक्रवारबाट ३२ गतेसम्म तोकिएको समयमा व्यापार/व्यवसाय खोल्न दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बिहीवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बैंक तथा वित्तीय संस्था र व्यापार/व्यवसाय खोल्न नदिने निर्णय गरेको हो ।

बैंक तथा बितिय संस्था प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र औषधी पसल २४ सै घण्टा खुला गर्न भनेको छ ।
खाद्यन्न/किराना पसल र गैर खाद्यन्न पसलहरु एक/एक दिन बिराएर आलोपालो गरी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।

रौतहट उद्योग वाणिज्य संघले व्यवसायीको संग्लनतामा एउटा ‘मापदण्ड कार्यान्वयन तथा अनुगमन टोली’ बनाई मापदण्ड कार्यान्वयनमा पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ ।

जिल्ला सुरक्षा निकायका प्रतिनिधिले अनुगमन गर्दा मापदण्डको पालना नभएको पाइएमा त्यस्ता सेवा तथा व्यवसाय बन्द गराई, संक्रमक रोग ऐन २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गरिने समेत जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ९ : २६ बजे

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्