कोरोनाको प्रभावले चीनका ४० प्रतिशत सिनेमा हल बन्द हुन सक्ने « Khabarhub

कोरोनाको प्रभावले चीनका ४० प्रतिशत सिनेमा हल बन्द हुन सक्ने


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीपछि चीनका ४० प्रतिशतभन्दा बढी सिनेमा हलहरू बन्द हुन सक्ने एउटा प्रतिवदेन सार्वजनिक भएको छ ।

चिनियाँ चलचित्र सङ्घले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कोरोना महामारीपछि आममानिस सिनेमा हलसम्म पुग्न डराइरहेको र आर्थिक संकटकै कारण सिनेमा हलहरू स्थायीरूपमा नै बन्द हुने अवस्थामा पुगेका छन् ।

इन्टरनेटमार्फत ग्राहकको विद्युतीय उपकरणमा सहजै स्ट्रीमिङ सेवा उपलब्ध भएपछि लाखौँ चिनियाँ नागरिकले अनलाइनमार्फत् चलचित्र हेरेर मनोरञ्जन लिन थालेका छन्।

एउटा अनुसन्धान संस्था आइबीआइएस वर्ल्डका अनुसार चीनमा हाल १२ हजारभन्दा बढी सिनेमा हल छन्। तीमध्ये प्रत्येक १० वटामध्ये चार वटा सिनेमाघर निकट भविष्यमा बन्द हुन सक्ने चिनियाँ चलचित्र संघले जनाएको बीबीसीले जनाएको छ ।

अघिल्लो वर्ष चिनियाँ सिनेमाघरहरूले टिकट विक्रीबाट ६४.२ अर्ब युआन कमाएकोमा उक्त आम्दानी घटेको बताइएको छ । संघका अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा सिनेमा हलहरूको  आम्दानीमा ब्यापक गिरावट आएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ६ : १४ बजे

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा

कांग्रेस इतर समूहको बैठक चुनदेवीमा बस्दै, महाधिवेशनबारे धारणा बनाउने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैठक डाकेको छ ।

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौँ- नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली

ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व संङ्कलन

हेटौँडा- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद्