प्रचण्ड गर्मी ‘लू’बाट बच्न अपनाउनुहोस् यी घरेलु उपाय « Khabarhub

प्रचण्ड गर्मी ‘लू’बाट बच्न अपनाउनुहोस् यी घरेलु उपाय


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेठको अन्तिम साता सुरु भएसँगै गर्मीको मौसमको बढ्दै गएको छ ।

सुर्यको प्रचण्ड गर्मी, हावा नचलेको समय अनि वर्षा नहुदाँको बेला गर्मीको अवस्था कस्तो होला ? तपाईले भोग्नुभएको छ भने महसुस गर्नुभयो होला ।

यस्तै बेला अधिकाशं मानिसलाई ‘लू’ लाग्ने गर्दछ । तसर्थ प्रचण्ड गर्मी र ‘लू’बाट बच्न केहि सावधानी र घरेलु उपाय अपनाएमा लूबाट बच्न सकिन्छ ।

१. अमला

अमलालाई उमालेर मज्जाले पिस्नुहोस् । त्यसपछि तयार भएको लेदोमा सख्खर र मह मिसाउनुहोस् ।

अब तयार भएको मिश्रणलाई दिनमा कम्तीमा ५/६ पटक पिउनुहोस् । यसले गर्मीको मारसहित पखाला, बान्ता र ज्वरोमा फाइदा पुर्याउँछ ।

२. सातुको सर्बत

मकै, जौ, चनालगायतका बिभिन्न अन्नबाट बनाइने सातु र पानीको मिश्रणबाट तयार हुने सर्बत एक स्वास्थ प्रोटिनयुक्त पेय हो । यस प्रकारको सर्बतमा उल्लेख्य रुपमा फाइबर हुन्छ । गर्मी र लुबाट बच्न सातुका साथमा ताजा फलफूल मिसाएर पिएमा तत्काल लाभ मिल्दछ ।

३. तरबुजा
तरबुजा एक पोषकतत्व र अत्यधिक पानीले भरिपुर्ण फल हो । यसलाई कैयौं प्रकारबाट सेवन गर्न सकिन्छ । तरबुजा एक स्वादिष्ट फलको पनि हो । तरबुजामा पाइने लाइकोपीनले छालालाई सुर्यको अल्ट्रा वायलेट किरणबाट बचाउने गर्दछ ।

४. कागतीको रस
गर्मीको मौसममा स्वास्थ्य रहनका लागी नियमति एक गिलास चिसो कागती पानी पिउनु लाभदायक मानिन्छ । पानीको अभावमा हुने डिहाइड्रेटेडबाट बच्न पनि पानी र कागती उपयुक्त हुन्छ । तसर्थ फ्रिजमा राखिएको कागती र चिसो धाराको पानीबाट बनाइएको पेय अत्यन्त लाभदायक मानिन्छ । यसमा पुदीनाको पत्ता पनि थप्न सकिन्छ ।

५. गोलभेडा
युरिक एसिडका बिरामी बाहेकका ब्यक्तिलाई गोलभेडा अत्यन्त स्वास्थ्यबर्धक हुन्छ । गोलभेडामा भिटामिन सी पर्याप्तमात्रामा पाइन्छ । यसमा लाइकोपीनजस्ता लाभकारी फाइटोकेमिकल्स पनि पाइन्छ । जो पुरानारोगबाट विशेष क्यान्सरबाट बचाउने गर्दछ । गोलभेडाको सेवनले गर्मी र लूबाट बचाउँछ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ११ : २४ बजे

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल