एन्फा अध्यक्ष शेर्पालाई कारबाहीको माग राख्दै राखेपमा पत्र « Khabarhub

एन्फा अध्यक्ष शेर्पालाई कारबाहीको माग राख्दै राखेपमा पत्र


२३ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाही गर्न माग गर्दै चार जिल्ला फुटबल संघका अध्‍यक्षले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई पत्र बुझाएका छन् ।

शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरुले आवश्यक कारवाही गरी पाउँ भन्दै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई पत्र बुझाएका हुन् ।

काठमाडौंका अध्यक्ष विराटजंग शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भुक्तपुरका अध्यक्ष गौतम सुजखु र धादिङका अध्यक्ष दीपक खतिवडाले उक्त पत्रमा हस्ताक्षेर गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा उपाध्यक्ष तिम्सिनाले पत्रमा उल्लेख भएका विषयमा थप बुझ्ने भन्दै एक भएर एन्फा चलोस् भन्ने आफूले चाहेको धारणा राखेको राखेपले जनाएको छ ।

एन्फा अध्यक्ष शेर्पाले केही समय अगाडि एक अनलाइनलाई दिएको अन्तरवार्तामा तराईमा राष्ट्रियता नभएको भन्दै अभिव्यक्ति दिएका थिए ।

ग्रासरुट कार्यक्रमबारे बोल्दै उनले तराईमा राष्ट्रियता सिकाइ रहेको बताएका थिए । सोही अभिव्यक्तिलाई लिएर अध्यक्ष शेर्पा विवादमा छन् ।

उनको विषयमा प्रधानमन्त्री कार्यालय, राखेप, मधेश आयोग र फिफा र एएफसीमा समेत उजुरी परिसकेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ६ : ३१ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी