राहत, क्षतिपूर्ति र घाइतेहरुको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरकारलाई नेकपाको ध्यानाकर्षण « Khabarhub

राहत, क्षतिपूर्ति र घाइतेहरुको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरकारलाई नेकपाको ध्यानाकर्षण


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले हावाहुरीका कारण ठूलो मानवीय क्षति भएकोमा दुःख व्यक्त गरेको छ ।

सोमबार(आज) एक विज्ञप्ति जारी गर्दै नेकपाले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्साका विभिन्न क्षेत्रमा २७ जनाको मृत्यु भएको र पाँच सयभन्दा बढी घाइते भएको खबरले आफ्नो पार्टी स्तब्ध भएको जनाएको छ ।

यो अकल्पनीय त्रासदीमा परी ज्यान गुमाउनेहरुप्रति नेकपाले श्रद्धाञ्जी व्यक्त गर्दै मृतकहरुका शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘घटना हुनासाथ सरकारका तर्फबाट उद्धारमा देखाईएको तत्परताले थप मानवीय क्षति हुनबाट बचाएको छ । हाम्रो पार्टी थप उद्धार, पीडितहरुको राहत र क्षतिपूर्तिका साथै घाइतेहरुको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरकारको ध्यानकर्षण गराउँछ ।’

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १ : ०३ बजे

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने