घाइतेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको छ–स्वास्थ्य मन्त्रालय « Khabarhub

घाइतेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको छ–स्वास्थ्य मन्त्रालय


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा हावाहुरीमा परि घाइते भएकाहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सो घटनामा परी घाइते हुनेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।

सोमबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रवक्ता श्रेष्ठले हावाहुरीमामा परी ४ सय ३ जना घाइते भएको र त्यसमध्ये गम्भीर घाइते ७ जनाको काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको पनि बताए ।

आइतबार साँझ आएको हावाहुरीमा परि बारा र पर्सामा ठूलो धनजनको क्षति भएको थियो । सो घटनामा परि घाइते भएकाहरुको उपचारका लागि हेटौडा र चितवनका चिकित्सकहरुको टोली पनि परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

घाइतेहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रबाट पनि चिकित्सकहरुको टोली घटनास्थलतर्फ पठाएको छ । प्रवक्ता श्रेष्ठले घाइतेहरुको बारा र पर्सास्थिति विभिन्न ७ वटा अस्पतालहरुमा उपचार भइरहेको बताए । काठमाडौं ल्याइएका घाइतेहरुमध्ये २ जनाको अवस्था जटिल रहेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १ : १५ बजे

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार

अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा फ्रेन्चाइजीले दर्शकहरूको मन

मधेशमा कस्तो छ जुठो बार्ने चलन ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी