भोलि बिहानसम्म वर्षा हुने, सतर्क रहन मौसम विभागको आह्वान « Khabarhub

भोलि बिहानसम्म वर्षा हुने, सतर्क रहन मौसम विभागको आह्वान


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि बिहानसम्म नै वर्षा हुने भएकाले सतर्क रहन आह्वान गरेको छ ।

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले शुक्रबारदेखिको  वर्षा भोलि बिहानसम्म नै जारी रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रवारदेखि नै मुलुकभर वर्षा जारी रहेको छ । अहिले मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ ।

महाशाखाले विभिन्न स्थानमा मापन गरेको वर्षाको विवरणअनुसार सबैभन्दा बढी धनगढीमा ७४.९ मिलिलिटरसम्म वर्षा भएको छ ।

यस्तै वीरेन्द्रनगरमा ३८.७, दिपायलमा २७.१, सिमरामा २०.९  र काठमाडौंमा १२.८ मिलिलिटर वर्षा भएको छ ।

प्रदेश १, २, बागमति र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षासँगै मेघगर्जन र चट्याङको पनि सम्भावना छ भने उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ७ : २२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु