सरकारी खर्चमा भाषणकला सिकेको खुलेपछि फिनल्यान्डकी अर्थमन्त्रीले दिइन् राजीनामा « Khabarhub

सरकारी खर्चमा भाषणकला सिकेको खुलेपछि फिनल्यान्डकी अर्थमन्त्रीले दिइन् राजीनामा


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भाषणकलाको तालिम लिन सरकारी पैसा खर्च गरेको खुलासा भएपछि फिनल्यान्डकी अर्थमन्त्रीले राजीनामाको घोषणा गरेकी छन्।

यद्यपि कातरी कुलमुनी सरकारी गठबन्धनमा सम्मिलित सेन्टर पार्टीको नेतृत्वमा भने रहने छिन्।

फिनल्यान्डमा पाँच वटा पार्टीको गठबन्धनले सरकार चलाएको छ। पाँचै पार्टीको नेतृत्व महिलाले गरेका छन्। जसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरका छन्।

यसअघि सरकारी खर्चमा एक निजी संस्थाबाट कुलमुनीले भाषणकलाको तालिम लिएको खुलासा भएको थियो। दुई पटक गरेर सो तालिममा ५० हजार युरो खर्च भएको जनाइएको छ।

शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गर्दै कुलमुनीले सो घटनाको जिम्मेवारी लिएर आफूले राजीनामा दिने बताइन्।

प्रधानमन्त्री सन्ना मरिनले कुलमुनीको निर्णयलाई समर्थन गर्ने जनाएकी छन्।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ४ : ०४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको