कोरोना परीक्षणको दायरा बढाउन ‘अटोमेटेड मेसिन’ जडानको तयारी « Khabarhub

कोरोना परीक्षणको दायरा बढाउन ‘अटोमेटेड मेसिन’ जडानको तयारी


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना परीक्षणको दायरा बढाउन र छिटो नतिजाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘अटोमेटेड मेसिन’ जडान गर्ने  भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दायरा बढाउन अटोमेटेड मेसिन जडान गर्न लागिएको जानकारी दिएका हुन् । उनले पीसीआर मेसिन थप्ने प्रक्रिया पनि थालेको जानकारी दिए ।

उनले सातवटै प्रदेशमा नमूना परीक्षण गर्ने अटोमेटेड मेसिन राख्न आवश्यक तयारी थालिएको जानकारी दिएका हुन् ।

“मेसिनको खरिद प्रक्रिया अगाडि बढाइसकेका छौं। यो जडान भएपछि यसले नमूना परीक्षणमा भइरहेको ढिलाइ कम हुनेछ”, उनले भने, “परीक्षणको नतिजा ढिलो हुने र दायरा नबढेकाले थप व्यवस्थापन गर्न लागिएको हो।”

उनले २१ स्थानबाट हाल पीसीआर विधिबाट परीक्षणको काम भइरहे पनि केही ठाउँमा क्षमता अनुसार परीक्षण हुन नसकेको बताए।

अहिले काम गरिरहेकै पीसीआर मेसिनहरूमा अटोमेटेड मेसिन जडान गरिनेछन्। अटोमेटेड मेसिनले एक पटकमा कम्तिमा एक हजार नमूना थप परीक्षण गर्न सक्ने प्रवक्ता देवकोटाले बताए।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ६ : २२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब