क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह « Khabarhub

क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले बाहिरबाट आएका व्यक्तिलाई राख्नका लागि बनाइएका क्वारेन्टिनलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति निकालेर क्वारेन्टिन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेकाले आधारभूत मानव अधिकार संरक्षण गर्न व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह गरेका हुन ।

झापा, रौतहट, पर्सा, सर्लाही, सप्तरी, कपिलवस्तु, बाँके, दैलेख, कञ्चनपुरलगायत जिल्लाका अधिकांश क्वारेन्टिन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेका विज्ञप्तिमा जनाइएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट नेपाल पनि जटिल अवस्थामा रहेको र हालसम्म मृत्यु भएका १३ जनामध्ये नौ जनाको मृत्यु क्वारेन्टिनभित्रै भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टिनमा रहेकाको पिसिआर परीक्षणलाई तीव्रता दिनसमेत आग्रह गरेको छ । यस्तै पत्रकारलाई आवश्यक सूचना उपलब्ध गराउन, पत्रकारमाथिको आक्रमण धम्की र दुव्र्यवहार रोक्न, श्रमजीवी पत्रकारको पारिश्रमिक सुनिश्चित गरी सूचनाको पहुँचलाई सहज बनाउन, पत्रकारको सुरक्षाका सम्बन्धमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तथा कार्यक्रम ल्याउनसमेत आयोगले सरकारसँग आग्रह गरेको छ ।

लकडाउनको अवधिमा अनुगमन तथा समाचार सङ्कलनका क्रममा हिँडेका सञ्चारकर्मीमध्ये २२ पत्रकार गिरफ्तार, आक्रमण, धम्की र दुव्र्यवहारमा परेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकारलाई सरकारी निकायबाट सूचना प्रदान गर्न इन्कार गर्ने गरिएको, कतिपय श्रमजीवी पत्रकारले पारिश्रमिक प्राप्त गर्न नसकेको, पत्रकारिता पेशाबाटै विस्थापित हुनुपर्ने परिस्थिति रहेको र कतिपय सञ्चारमाध्यम बन्द हुने अवस्थामा रहेका जस्ता कारणबाट नेपालको संविधानबमोजिमको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक, सञ्चारको हक तथा सूचनाको हकबाट वञ्चित हुने देखिएको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ६ : ५४ बजे

इन्डोनेसियामा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार

जकार्ता– इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तको तालियाबुमा डुङ्गा डुब्दा फसेका २१

यस्तो देखियो कांग्रेस देउवा समूहको भेला (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसमा दुई समूहको झगडा सतहमा आएको छ। फागुन २१

गृहमन्त्री र सशस्त्र प्रहरीबीच छलफल, विपद् व्यवस्थापनदेखि सीमाक्षेत्रको तस्करी र अपराध मूल एजेन्डा

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका अधिकारीहरूबीच हलचोकमा छलफल

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा