लकडाउन खुकुलो बनाउने विषयमा उच्चस्तरीय समितिमा छलफल « Khabarhub

लकडाउन खुकुलो बनाउने विषयमा उच्चस्तरीय समितिमा छलफल


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएपछि सहज बनाउँदै लैजाने विषयमा छलफल गरेको छ ।

शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सहज बनाउँदै लैजाने विषयमा छलफल गरेको हो।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षा मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डमा रहेर औद्योगिक र निर्माणजन्य उद्योग, व्यवसाय सञ्चालन गरिने बताए।

यससँगै विकास निर्माणका कामलाई पनि अगाडि बढाइने छ।

पहिलो चरणमा उद्योग, कलकारखानासँगै विकास निर्माणका काम र आधारभूत आवश्यकताका क्षेत्र खुकुलो बनाइने र त्यसपछि चरणवद्ध रुपमा वर्कआउट गरिने उनले बताए। यद्यपि, यो विषयमा समितिको अर्काे बैठकमा छलफल गरेर निर्णय लिइनेछ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तय गर्न समितिलाई निर्देशन दिएकोक थियो। नेपालमा चैत ११ देखि लकडाउन लागू भएकाेमा पटकपटक लम्ब्याइँदै आइएकाे छ। पछिल्लाे समय ३२ जेठसम्मका लागि लकडाउन कायम गरिएकाे छ।

पछिल्लो समय लकडाउन लम्बिदै गएपछि उद्योगी व्यवसायीहरुले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिदै आएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ९ : ३० बजे

स्वास्थ्यमन्त्री मेहताको निर्देशनमा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू

बेइजिङ-स्थान- त्रिभुवन विमानस्थल, काठमाडौंसमय- असार १४ गते आइतबार राति ८.३०

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।

टोखामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (तस्बिरहरू)

काठमाडौं– टोखा नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३