लकडाउन खुकुलो बनाउने विषयमा उच्चस्तरीय समितिमा छलफल | Khabarhub Khabarhub

लकडाउन खुकुलो बनाउने विषयमा उच्चस्तरीय समितिमा छलफल


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएपछि सहज बनाउँदै लैजाने विषयमा छलफल गरेको छ ।

शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सहज बनाउँदै लैजाने विषयमा छलफल गरेको हो।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षा मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डमा रहेर औद्योगिक र निर्माणजन्य उद्योग, व्यवसाय सञ्चालन गरिने बताए।

यससँगै विकास निर्माणका कामलाई पनि अगाडि बढाइने छ।

पहिलो चरणमा उद्योग, कलकारखानासँगै विकास निर्माणका काम र आधारभूत आवश्यकताका क्षेत्र खुकुलो बनाइने र त्यसपछि चरणवद्ध रुपमा वर्कआउट गरिने उनले बताए। यद्यपि, यो विषयमा समितिको अर्काे बैठकमा छलफल गरेर निर्णय लिइनेछ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तय गर्न समितिलाई निर्देशन दिएकोक थियो। नेपालमा चैत ११ देखि लकडाउन लागू भएकाेमा पटकपटक लम्ब्याइँदै आइएकाे छ। पछिल्लाे समय ३२ जेठसम्मका लागि लकडाउन कायम गरिएकाे छ।

पछिल्लो समय लकडाउन लम्बिदै गएपछि उद्योगी व्यवसायीहरुले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिदै आएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ९ : ३० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित